काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

1.05K
shares

ai logo सारांश

  • काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
  • निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
  • असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो । महिनागत विवरणअनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख  छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।