काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिममा संसदीय मर्यादा र प्रणाली कायम गर्न सभामुखलाई कांग्रेसको आग्रह

840
shares

ai logo सारांश

  • नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय मर्यादा, प्रणाली र मूल्य- मान्यता कायम राख्न सभामुखलाई आग्रह गरेको छ ।
  • कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउनसमेत माग गरेको छ।

कैलाली । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय मर्यादा, प्रणाली र मूल्य- मान्यता कायम राख्न सभामुखलाई आग्रह गरेको छ । बजेट प्रकरणमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसदीय अभ्यास र परम्पराको संरक्षण गर्न सभामुखको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउनसमेत माग गरेको छ। संसदीय दलले सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै संसदीय मर्यादा र प्रणाली कायम राख्न आग्रह गर्ने निर्णय भएको जानकारी गराएको छ ।

यसअघि कात्तिक ९ गते बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रकरणलाई लिएर सरकारको राजीनामासमेत माग गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय, अर्थमन्त्रीले प्रदेश सभा बैठकको रोस्ट्रमबाट गरेको अभिव्यक्ति र सभामुख स्वयंले समेत बजेट गलत भएको स्वीकार गरेको अवस्थामा त्यही बजेट कसरी पारित भयो भन्ने प्रश्न उठाउँदै कांग्रेसले सरकारको राजीनामा मागेको हो ।

प्रतिपक्षलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै संसदीय मर्यादा, प्रणाली र मूल्य–मान्यता कायम राख्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको पत्रमा उल्लेख छ ।

‘सरकारको निर्णय, अर्थमन्त्रीको रोस्ट्रमको अभिव्यक्ति र सभामुखज्यूले स्वयं पनि बजेट गलत भएको स्वीकारेपछि सोही बजेट कसरी पारित भयो र प्रतिपक्षलाई पूर्ण बेवास्ता गरिएको सन्दर्भमा सरकारको राजीनामाका साथै संसदीय मर्यादा र संसदीय प्रणाली, मूल्य-मान्यता कायम गर्नका लागि सभामुखज्यूलाई पनि आग्रह गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौँ,’ सभामुखलाई पठाइएको पत्रमा भनिएको छ ।