काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई आवतजावत नगर्न आईएमओको सुझाव

1.05K
shares

काठमाडौं । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिएका छन् । जलमार्गमा बिछ्याइएका समुद्री बारुद (माइन) हटाइएको पुष्टि नभएको र जहाजको सुरक्षित आवागमन सुनिश्चित हुन नसकेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।

सोमबार आईएमओको परिषद्को १३८औं सत्र उद्घाटनपछि आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै डोमिन्गुएजले जलमार्गमा जहाज आवागमन गर्ने मार्गमा रहेका समुद्री बारुद हटाइएको हो वा होइन भन्नेबारे संगठनले पुष्टि गर्न नसकेको बताए । त्यसैले उक्त मार्गबाट जहाज सञ्चालन गर्दा सुरक्षाको प्रत्याभूति गर्न नसकिने उनको भनाइ छ ।

उनका अनुसार होर्मुज जलडमरूमा हालसम्म धेरै जहाजमाथि आक्रमण भएका छन् । तर, जारी द्वन्द्वका कारण घटनाको अनुसन्धान प्रभावित भएको छ । केही घटनामा समुद्री बारुद, ड्रोन वा क्षेप्यास्त्रमध्ये कुन माध्यमबाट आक्रमण भएको हो भन्ने यकिन हुन सकेको छैन ।

यसैबीच, डोमिन्गुएजले तनाव कम गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले चीनसँग सामुद्रिक क्षेत्रमा सहकार्य थप विस्तार गर्ने आईएमओको योजना रहेको पनि बताए ।

चीनले आईएमओका कार्यक्रम कार्यान्वयन, प्राविधिक क्षमता विकास, परियोजनालाई सहयोग तथा बन्दरगाह पूर्वाधार र प्रविधि विकासमा थप सहयोग गर्ने विषयमा समझदारी भएको उनले जानकारी दिए ।

नोभेम्बर २ देखि ६ सम्म बेलायतको लन्डनमा सञ्चालन भइरहेको आईएमओ परिषद्को पाँचदिने सत्रमा अन्तर्राष्ट्रिय सामुद्रिक मार्गको सुरक्षा र विशेषगरी होर्मुज जलडमरूको अवस्थाबारे छलफल भइरहेको छ ।

यसैबीच, इरानी सञ्चारमाध्यमका अनुसार इरानले फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले आफ्ना बन्दरगाह, नागरिक जहाज तथा सामुद्रिक पूर्वाधारमा गरेका आक्रमणसम्बन्धी प्रमाणसहितको प्रतिवेदन आईएमओमा बुझाएको छ । उक्त प्रतिवेदन आईएमओका सदस्य राष्ट्रहरूलाई उपलब्ध गराइएको र वर्तमान सत्रमा त्यसबारे समीक्षा हुने जनाइएको छ ।