काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शर्मिलाले ल्याइन् छठ गीतमा ‘करीले परबिया’

924
shares

ai logo सारांश

  • प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ ।
  • गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् ।
  • ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।

काठमाडौं । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् ।

उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ ।

गीतको भिडिओमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । कमलेश सिंह (काम ली)ले निर्देशन गरेको भिडिओ उडान प्रोडक्सन्सले निर्माण गरेको हो।

कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ । यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीतसङ्गीत, चलचित्रको माध्यमले अगाडि ल्याउँछ भन्नेमा कोसिसमा छु । आगामी दिनमा पनि यस्तै कामहरू गर्ने छु’, उनले भनिन् ।

निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हुन्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।

गायिका कल्पना पटवारीले गाएका गीतहरू ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘एैला रे एैला’, ‘गन्दी बात’ लगायत हिट छन् । उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी, बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन् । पछिल्लो समय उनी धार्मिक गीतहरू गाउने गरेकी छिन् ।