काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्र बैंकले कात्तिक १९ र २० गते सुनचाँदीका सिक्का बेच्ने

840
shares

ai logo सारांश

  • नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
  • बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिनेछ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।

महाशाखाका अनुसार एक व्यक्तिले २५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका एक–एक थान चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिनेछ।

खरिद गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।राष्ट्र बैंकले दैनिक बिहान ११ बजेपछि मूल्य निर्धारण गर्ने र त्यसपछि मात्रै बिक्री सुरु गर्ने जनाएको छ।