चन्द्रागिरिमा रहेको आइसोलेसन केन्द्रको लागि क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा
वि.सं.२०७८ जेठ ६ बिहीवार १७:३९
shares

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरीय आइसोलेसनको निम्ति नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेसन केन्द्रको लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा क्लासिक टेकले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
नगर स्तरीय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजनसहित सेवा प्रवाह गरिएको छ । सो स्थानमा कोरोना संक्रमितको सुविधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो । क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आईरहेको छ भने यसपटक आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको छ ।
सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराएको छ । जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । आइसोलेसनमा रहेका संक्रमितलाई घर परिवारसंग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवालाईसमेत सहज बनाउने उद्धेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो। सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितलाई समय बिताउन सजिलो भएको बताएका छन् ।
कम्पनीले आगामी दिनमा पनि आफ्नो सामाजिक संस्थागत जिम्मेवारी अन्तर्गत विभिन्न कार्यहरु गरिरहेन प्रतिबद्धता जाहेर गरेको छ । क्लासिक टेकको फेसबुक पेज https://www.facebook.com/ClassicTech लाइक गरी नयाँ अफरको बारेमा जानकारी लिन सक्नेछन् ।

























