काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्धशतक पूरा गरेर आउट भए लोकेश बम

1.22K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए ।

जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।