काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुख अर्यालको निर्देशन

966
shares

ai logo सारांश

  • (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
  • छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे ।

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे । साथै, विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे ।

‘विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ । सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,’ सभामुख अर्यालले भने ।

उनले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन पनि समेत आग्रह गरे ।