काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

819
shares

भोजपुर । कार्तिक १६ गतेबाट सुरु भएको संखुवासभा गोल्डकप अन्तर्गत बिहीवार भएको दोश्रो सेमिफाइनल खेलमा सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेकाहा उपाधिको दावेदार बनेको हो ।

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाका विनोद राईले खेलको १३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसको चार मिनेटपछि नै १७ औं मिनेटमा सविन राईले गोल थप्दै सेकाहालाई अग्रता दिलाउन सफल बने ।

दुई गोलले पछि परेको लोहरुङ क्लब पांमाले खेलमा फर्किने प्रयास गरे पनि ७७ औं मिनेटमा मिलन राईले आफनो टिमका लागि एक गोल गरे । खेलको ८०औं मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेकाहाको जित सुनिश्चित गरेका थिए ।

सेकाहाको यो जितसँगै शुक्रवार दिउँसो हुने फाइनल खेलमा उपाधिका लागि बुधवारको पहिलो सेमिफाइनलको बिजेता सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) का अध्यक्ष प्रकाश घिमिरेले बताए ।

प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबले सहभागिता जनाएका छन ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ ।

उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।