काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

462
shares

बागमती। सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहानगरपालिका(६, चौघडाका चौलागाईंको आफ्नो मात्र नभई अन्य किसानहरूको उत्पादनलाई बजारीकरणमा पनि सहयोग गरिरहेको छन् ।

नेपाल सयपत्री फूल उत्पादक सङ्घको केन्द्रीय अध्यक्ष पनि रहेका चौलागाईंले मञ्जुश्री आधुुनिक फूल एवं तरकारीखेती फार्ममार्फत वर्षको ३६५ दिन हेटौँडाको बजारमा आवश्यक पर्ने सयपत्री फूल र त्यसका माला उपलब्ध गराउँदै आएको छन् । समाज तथा राष्ट्रको समुन्नतिका लागि उत्पादनसँग जोडिनुको विकल्प नभएको मान्यतामा आधारित भई व्यावसायिक खेतीमा लागि रहेका उनले तीन कट्ठा क्षेत्रफलमा रहेको ग्रिन हाउसबाट सबै याममा सयपत्रीको उत्पादन गरिरहेको छ भने बजारको माग र आवश्यकताअनुसार ग्रिन हाउस बाहिर पनि फूलहरू उत्पादन गर्दै आएको छन् ।

यसअघि २०६६ सालमा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएका समयमा लियो, लायन्स र जेसिजले मात्र माला प्रयोग गरेको देखेको उल्लेख गर्दै उनले पछिल्ला वर्षमा विभिन्न सङ्घसंस्थाका कार्यक्रमहरूमा मालाको प्रयोग बढिरहेको बताए । हरेक राजनीतिकर्मी पनि उत्पादन जोडिनु अपरिहार्य भएको बताउँदै उनले मकवानपुरमा पहिलोपटक आफूू र ललित घलानले स्थानीय रूपमा व्यावसायिक फूल खेतीको थालनी गरेको अनुुभव सुनाए ।

आफू राजनीतिक रुपमा तत्कालीन माओवादीको वाइसिएल इन्चार्ज हुँदा खेरि नै राजनीतिकर्मी उत्पादनसँग जोडिनुपर्छ भन्ने सोचसहित फूूलखेतीमा लागेको चौलागाईंको भनाइ छ । त्यसअघि आजभन्दा करिब २२ वर्ष अघि बङ्गालीहरूले यस क्षेत्रमा आएर फूल उत्पादन गरी उतै लैजाने गरेको भए पनि स्थानीय रुपमा उत्पादन गरी हेटौँडामा नै यसको बजारीकरणको सुरुआत आफूहरूले गरेको उनले दाबी गर्े ।

सुरुमा चौघडास्थित डाँडामा बाँदर लाग्ने स्थानमा सयपत्री फूल लगाउन सुुरु गरेका चौलागाईंले फूूलखेतीका तौरतरिका भने भारतको कलकत्ता गएर १५ दिन किसानकै घरमा बसी सिकेका हुन् । पछिल्ला वर्षमा फूलखेतीका सम्बन्धमा विभिन्न स्थानमा पुगेर प्रशिक्षण पनि दिँदै आएको अनुभव सुनाउँदै उनले मकवानपुर बाहिर करिब ५५ स्थानमा संस्थागत रुपमा नै आमन्त्रण भई तालिमहरू दिएको बताए ।

सामान्यतस् एक कट्ठामा एक हजार बोट सयपत्रीका फूल लगाउन सकिने बताउँदै उनले राम्रोसँग खेती गर्न सकिएमा रोजगारीका लागि भौँतारिनुुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार सयपत्री फूलको उत्पादन गर्न सकिएमा बजारको कुुनै समस्या छैन । हेटौँडामा मात्रै दैनिक ३०० देखि ५०० वटा माला बिक्री हुने गरेका छन् । पछिल्ला समयमा मकवानपुुर फूलमा आत्मनिर्भर बन्नाका साथै यहाँका उत्पादन काठमाडौँलगायत स्थानमा पनि पुग्ने गरेको बताउँदै उनले जिल्लामा १८ देखि २० बिघामा व्यावसायिक फूूलखेती भइरहेको जानकारी दिए ।

वर्षैभरि समान मूल्यमा माला बिक्री गर्दै चौलागाईं

वर्षमा ३६५ दिन नै सयपत्रीको उत्पादन तथा बिक्री गर्दै आउनुुभएका चौलागाईंले आफूले वर्षभरि उही मूल्यमा माला बिक्री गरिरहेको बताए । आफूले प्रति मालाको एक सयका दरले बिक्री गरिरहेको जनाउँदै उनले सेतो धागोमा उनिएको तीन फिट लम्बाइको माला बिक्री गरिरहेको बताए ।

“उत्पादनको याम होस् वा नहोस् मैले वर्षैभरि एक सयको मूल्यमा माला बिक्री गर्दै आएको छु,” उनले भने, “घरमा आएर लैजानेलाई अझै रु पाँच–सात छुुट दिने गरेको छु ।” आफ्नो उत्पादनसँगै चौलागाईंले अन्य किसानले उत्पादन गरेमा माला पनि खरिद गरी बिक्री गर्दै आएको छन् । मालाको भण्डारणका लागि उहाँले कोल्ड रुम पनि सञ्चालन गर्दै आउनुुभएको छ । मालाको बिक्री घरबाटै हुुने गरेको उनको भनाइ छ ।

फूूलको उत्पादनसँगै बेर्ना पनि उत्पादन

चौलागाईंले फूलको उत्पादनसँगै कृषकहरूका लागि सयपत्रीका बिरुवा पनि बिक्री गर्दै आएको छन् । उनले यस वर्ष मात्रै डेढ लाख सङ्ख्यामा सयपत्रीका बिरुवा बिक्री गरेको बताउँदै उनले बिक्री भएका बेर्नाबाट किसानहरूले यस वर्ष प्रशस्त उत्पादन गरेको बताए ।

हेटौँडा र आसपासबाट विभिन्न किसानले फार्मबाट बेर्ना लगेर राम्रै उत्पादन गरिरहेका छन् । चौलागाईंको फार्मबाट स्थानीय युवा व्यवसायी प्रदिप थापाले बेर्नाहरू लगेर दुई कट्ठा क्षेत्रफलमा सयपत्री फूल लगाएको छन् । लगाइएका सयपत्री राम्रैसँग फूलिरहेको बताउँदै उनले तिहारका लागि बजारमा लैजाने तयारी गरेको जानकारी दिए ।

चौलागाईंले आफूले तयार गरेका बेर्ना लगेका किसानको फूलको बजारीकरणको समेत पूर्ण रुपमा जिम्मा लिने गरेका छन् । फूलखेतीका माध्यमबाट देशलाई फूलमा आत्मनिर्भर बनाउनाका साथै स्थानीय रुपमा रोजगारी समेत सिर्जना गर्न सकिने बताउँदै उनले फूूलको आयातबाट विदेशिने गरेको पुँजीलाई स्वदेशमा नै रोक्न सकिने धारणा राखे । धेरै युवाहरूलाई फूूलखेतीका माध्यमबाट यही नै स्वरोजगार बनाउन सकिने बताउँदै उनले बाहिरबाट हुने आयातलाई निरुत्साहित गर्ने राज्यको दायित्व भएको बताए ।