राष्ट्रपतिको कार्यकाल विस्तार ‘अवैध’: सोमालियाली सर्वोच्च अदालत
वि.सं.२०८३ कात्तिक १९ बिहीवार २१:३३
shares

सोमालियाको सर्वोच्च अदालतले बिहीबार राष्ट्रपति हसन शेख मोहामुदको कार्यकाल एक वर्ष थप गर्ने निर्णय ‘अवैध’ रहेको फैसला गरेको छ ।
यो कार्यकाल विस्तारले विपक्षीसँग सरकारको हिंसात्मक झडपलाई निम्त्याएको थियो ।
अदालतले संसद्ले मार्चमा पारित गरेका संवैधानिक संशोधनहरूले राष्ट्रपतिको कार्यकाल चार वर्षबाट पाँच वर्ष बनाएको थियो । तर अदालतले यो हालको कार्यकालमा लागू हुन नसक्ने फैसला गरेको छ ।
मोहामुदले बुधबार राति प्रधान न्यायाधीशलाई बर्खास्त गरेको घोषणा गर्नुभएको थियो । उनले ‘कुशल र निष्पक्ष न्यायपालिकाको आवश्यकताबारे चिन्ता’ रहेको दाबी गर्ेका थिए ।
अदालतले उक्त बर्खास्तगीलाई पनि अस्वीकार गरेको छ।रासस

























