काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोप-३१ को तयारीबारे सभापति लामिछानेलाई जानकारी

588
shares

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप(३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसहित प्रतिनिधिसभा सदस्य तथा जलवायु विज्ञसहितको टोलीले आज सभापति लामिछानेलाई भेटेर यही नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्ताल्यामा आयोजना हुने सम्मेलनका लागि सरकारले गरेका तयारीबारे जानकारी गराउनुका साथै छलफल गरेको हो ।

सो अवसरमा सभापति लामिछानेले कोप(३१ सम्मेलनमा सशक्त उपस्थितिका साथ सबैले आफ्नो भूमिका निर्वाह गर्न र नेपालले भोग्नुपरेका जलवायु परिवर्तनका असर बारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आग्रह गरेका थिए ।

भेटका क्रममा मन्त्री चौधरीले सम्मेलनमा नेपालको सहभागिता, राष्ट्रिय तयारी, प्रतिनिधिमण्डलको संरचना तथा जलवायु कूटनीतिमा नेपालले अघि बढाउने प्रमुख एजेन्डाबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा कोप(३१ मा नेपालको राष्ट्रिय प्राथमिकता, हिमाली क्षेत्रका जलवायुजन्य जोखिम, जलवायु न्याय, जलवायु वित्त तथा अनुकूलनका विषयमा नेपालको धारणा र सम्मेलनबाट हासिल गर्न खोजिएका उपलब्धिबारे जानकारी गराइएको थियो ।

नेपालले कोप(३१ मा विकसित राष्ट्रहरूबाट उत्सर्जन कटौतीमा थप प्रतिबद्धता, अल्पविकसित तथा हिमाली मुलुकका लागि सहज र पूर्वानुमानयोग्य जलवायु वित्त तथा प्रविधि हस्तान्तरण, हिमाललाई सम्मेलनको औपचारिक कार्यसूचीमा समावेश गराउनेलगायत विषयलाई प्राथमिकताका साथ उठाउने तयारीबारे मन्त्री चौधरीले जानकारी गराएको थिए ।

त्यसैगरी, नेपाल र भुटानको संयुक्त पहलमा हिमाली मुद्दालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने, हिमनदी पग्लने र समुद्री सतह बढ्ने विषयबीचको सम्बन्धलाई क्षेत्रीय सहकार्य तथा पूर्वसूचना प्रणालीमार्फत सम्बोधन गर्ने र हानि(नोक्सानी तथा अनुकूलनसम्बन्धी वित्तको प्रभावकारी कार्यान्वयनमा जोड दिने नेपालको तयारी रहेको मन्त्री चौधरीका सल्लाहकार अभिषेक श्रेष्ठले जानकारी गराए ।

सम्मेलनका लागि नेपाल सरकारले राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गर्नुका साथै कोप(३१ का लागि नेपालको अवधारणापत्र तयार गरेको छ । उक्त अवधारणापत्रमा सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय तह, विकास साझेदार, नागरिक समाज, प्राज्ञिक क्षेत्र र निजी क्षेत्रबाट प्राप्त सुझाव समेटिएका छन् ।

कोप(३१ मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने छन् । सम्मेलनमा नेपालले हिमालयको संरक्षण, जलवायु अनुकूलन, जलवायु वित्त र जलवायु न्यायका विषयलाई अन्तरराष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ ।