लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
वि.सं.२०८३ कात्तिक १९ बिहीवार २१:०९
shares
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका(१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका(१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका(३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका(१ बाट एक, दाङको घोराही उपमहानगरपालिका(१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका(११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

























