काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

798
shares

ai logo सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा उनिहरूबीच नेपाल युरोपेली सङ्घबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।