काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने

1.2K
shares

ai logo सारांश

  • नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल अष्ट्रेलियाको सिड्नीमा एकसाथ गुञ्जिने भएका छन्।
  • आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा तीनै कलाकारले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका हुन्।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल अष्ट्रेलियाको सिड्नीमा एकसाथ गुञ्जिने भएका छन्।

आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा तीनै कलाकारले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका हुन्। अष्ट्रेलियामा नेपाली कला, संस्कृति, संगीत र राष्ट्रिय पहिचानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव सिड्नीको डार्लिङ हार्बरस्थित प्रसिद्ध टम्बालोङ पार्कमा सञ्चालन हुनेछ।

‘पिरिम नलाउने’, ‘दाह्री फुल्यो बैंसैमा’ र ‘एक कान दुई कान मैदान’ जस्ता चर्चित गीतबाट दर्शक तथा श्रोताको मन जितेका गायक आशिष सचिनले महोत्सवमा आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

उनले ‘गलबन्दी पछ्यौरी’, ‘पानी बादलु’, ‘छमक छमक तेरी पाउजु’ लगायतका गीतमार्फत सिड्नीमा रहेका नेपाली दर्शकलाई नचाउने तयारी गरेका छन्। विशेषगरी उनका नृत्यप्रधान र रमाइला गीतहरूले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपाली लोक तथा आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक तथा कलाकार प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति रहनेछ। पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायिका रचना रिमालले पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्।

महोत्सवमा चर्चित -यापर सुदिन पोखरेललगायत अन्य कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ। विभिन्न विधाका लोकप्रिय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

महोत्सवमा अष्ट्रेलियाली राजनीतिक तथा सामुदायिक नेतृत्वका प्रतिनिधि, नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।

प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइँदै आएको छ।

आयोजकका अनुसार महोत्सवले नेपाली समुदायलाई एकै ठाउँमा भेला गराएर आफ्नो कला, संस्कृति र पहिचानप्रति गौरव गर्ने अवसर प्रदान गर्नेछ। नोभेम्बर ७ मा हुने महोत्सवमा आशिष सचिन, प्रकाश सपुत, रचना रिमाल र सुदिन पोखरेललगायतका कलाकारहरूको सांगीतिक प्रस्तुतिले सिड्नीको टम्बालोङ पार्क नेपाली गीतसंगीतले गुञ्जिने अपेक्षा गरिएको छ।