काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘युवामा क्षमता, खेलकुदमा एकता’ नारासहित मुगुमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

840
shares

ai logo सारांश

  • छायाँनाथ रारा नगरपालिकामा ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३’ सुरु भएको छ ।
  • बुधबार एक औपचारिक उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो ।
  • प्रतियोगितामा छायाँनाथ रारा नगरपालिकाभित्रका वडा नं. १ देखि १४ सम्मका विभिन्न वडाबाट कुल ४२ वटा टिमहरूको सहभागिता रहेको छ ।

मुगु । ‘युवामा क्षमता, खेलकुदमा एकता’ भन्ने मूल नाराका साथ छायाँनाथ रारा नगरपालिकामा ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३’ सुरु भएको छ । बुधबार एक औपचारिक उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई थप रोचक बनाउँदै नेपाल पत्रकार महासंघ मुगु र छायाँनाथ रारा नगरपालिकाका कर्मचारीबीच एक मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न गरिएको थियो । आपसी सद्भाव र खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले आयोजित सो मैत्रीपूर्ण खेलले उद्घाटन समारोहमा विशेष रौनक थपेको थियो ।

नगरपालिकाभित्र छरिएर रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी खेलकुद गतिविधिहरूलाई अगाडि बढाउने मुख्य उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख विष्णुकुमार भामले बताएका छन् । स्थानीय तहमा खेल क्षेत्रको विकास र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न मेयर कपजस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतियोगितामा छायाँनाथ रारा नगरपालिकाभित्रका वडा नं. १ देखि १४ सम्मका विभिन्न वडाबाट कुल ४२ वटा टिमहरूको सहभागिता रहेको छ । पालिकाभरिबाट भारी संख्यामा टिमहरू दर्ता भएकाले प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यस प्रतियोगिताले स्थानीय स्तरमा छिपेका खेल प्रतिभाहरूलाई बाहिर ल्याउन र खेलकुदका माध्यमबाट युवाहरूलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।