काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ आईजीपीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

609
shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो ।

नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक पुरानो अभ्याससमेत परिवर्तन भएको छ । यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दज्र्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री गुरुङ आफैँले नवनियुक्त आईजीपीलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।

कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने अनुपस्थित थिए । यसैबीच, सरकारले निवर्तमान आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।