काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

1.41K
shares

ai logo सारांश

  • काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ ।
  • प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
  • सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ ।

नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ । ती स्थानमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कललङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन् ।

महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ । बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने सूचनामा उल्लेख छ ।