काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्रीले लगाइदिए आईजीपीलाई दर्ज्यानी चिन्ह

1.3K
shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।

केसीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई उक्त जिम्मेवारी दिएको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।