तिब्बतद्वारा ३० हजार लिटर लिक्विड अक्सिजनसहित स्वास्थ्य उपकरण हस्तान्तरण
वि.सं.२०७८ जेठ ६ बिहीवार १७:०७
shares

चीनको स्वशासित क्षेत्र तिब्बतले काेराेना महामारी राेकथामका लागि नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको हो ।
तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । त्यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू बेड तथा १५ हजार एन्टिजेन किट सहयोग हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिइन् ।
.jpg)

























