नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
वि.सं.२०८३ कात्तिक १८ बुधवार २१:४१
shares

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्तिको निर्णय गरेको हो।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।

























