नेपाल निर्जीवन बिमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०७७ चैत ८ आइतवार १९:५६
shares
-1616315179.jpg)
नेपालका निर्जीवन बिमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बिमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । सभामा हाल बिमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बिमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका बिभिन्न कारणबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अवस्था, बिमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरुको विषयका साथै यस क्षेत्रको विकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल भएको थियो ।
सभाले अध्यक्ष राजेन्द्र मल्लकाे प्रगति विवरण र कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठकाे वित्तीय प्रतिवेदन पारित गरेकाे छ । संस्थामा बिमा कम्पनीहरुका अध्यक्ष वा सञ्चालककाे प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ । सभामा संस्थाको कार्यसमितिका अध्यक्ष मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्ष मनोहर दास मुल (लुम्बिनी जनरल इन्स्योरेन्स), कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ (शिखर इन्स्योरेन्स), सदस्य महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन जनरल इन्स्योरेन्स), सदस्य पवन अग्रवाल (सिद्धार्थ इन्स्योरेन्स) र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ (प्रिमियर इन्स्योरेन्स)को उपस्थिति थियो ।
यसका साथै सदस्य कम्पनीहरुबाट रोहित कुमार भट्टराई (अध्यक्ष-नेको इन्स्योरेन्स), हेमराज ढकाल (अध्यक्ष-आईएमई जनरल इन्स्योरेन्स), आजाद श्रेष्ठ (अध्यक्ष-अजोड इन्स्योरेन्स), उमेश चन्द्र उपाध्याय (अध्यक्ष-राष्ट्रिय बिमा कम्पनी), कुनाल कयाल (अध्यक्ष-जनरल इन्स्योरेन्स), प्रेदिद सुब्बा (सञ्चालक-युनाइटेड इन्स्योरेन्स), दिलिप श्रेष्ठ (सञ्चालक-सानिमा जनरल इन्स्योरेन्स), गजेन्द्र लाल श्रेष्ठ (सञ्चालक-सगरमाथा इन्स्योरेन्स), डा. भरत थापा (सञ्चालक-एनएलजी इन्स्योरेन्स), पूर्वमहासचिव रमेश कुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइराला पनि सभामा उपस्थित थिए ।
.jpg)

























