काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोहलपुरमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘वित्तीय लगानी निवारणसम्बन्धी तालिम’

14.76K
shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । त्यसैअनुरूप शुक्रबार पनि कोहलपुरमा तालिम सम्पन्न गरिएको छ ।

कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश र साविकको राप्ती अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई सोसम्बन्धि कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोटिङको तरिका र निवारणका प्रक्रिया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । 

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम दिएकी थिइन् । दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र बिहीबार कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बिमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।