Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने इलेक्ट्रिक स्कुटर 

न्युज कारोबार काठमाडौं चैत ८, २०७७       

नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने  इलेक्ट्रिक स्कुटर 

१५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ । इलेक्ट्रिक स्कुटर कम्पनी 'LVNENG' को नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेहिकल त्रिपुरेश्वरले लिभिङ ब्राण्डका 'X1' र 'S5' र जम्बो ब्राण्डका DO6 र M20 मोडलका इलेक्ट्रिक नेपाल भित्राएको हो ।

यी स्कुटरमा पावर पर्फमेन्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पार्टसहरू संसारकै उत्कृष्ट कम्पनीको भएको कम्पनीका सञ्चालक नारायण गौँतमले जानकारी दिए । 'X1' मोडलमा २०२० र 'S5' मोडलमा ३ हजार वाटका BOSCH मोटर जडान गरिएको छ भने जम्बो ब्राण्डको DO6 मा २ हजार वाट र M20 मा १५ सय वाट का मोटर जडान गरिएको छ । 

X1 स्कुटरको मूल्य २ लाख ६० हजार S5 को २ लाख ९९ हजार ९९९, DO6 को २ लाख ३५ हजार र M20 को १ लाख ८५ हजार मूल्य पर्ने कम्पनीले जनाएको छ । यदि डलब ब्याट्री राख्न चाहेममा ६० हजार थप गर्नुपर्ने कम्पनीको दाबी छ ।

सुरूवाती चरणमा कम्पनीले काठमाडौं ,हेटौँडाचितवन र बुटवलमा शाखा विस्तार गरेको छ भने छिट्टै देशैभरी नेटवर्क विस्तार गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले After Sales Service को लागि Smart Home Sewa Application बाट अफ्ना ग्राहकलाइ १ घण्टाभित्र सेवा दिने तयारी गरेको पनि कम्पनीले जनाएको छ । 

सम्बन्धित खबरहरु