काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘जनताले पाँच वर्षका लागि दिएको म्याण्डेड नेपालका कम्युनिष्ट पार्टीले पूरा गर्न सकेनन्’

11.7K
shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई पार्टीमा स्वागत गर्न आइतबार चाक्सीबारीस्थित उनकै निवासमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लागि दिएको म्याण्डेड पूरा गर्न नसकेको बताए । देशलाई अस्थिरताबाट बचाउन सबै दलले निकास दिनुपर्ने उनकाे भनाइ छ । ‘सरकार परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्छ भन्ने हाम्रो जोड हो । कम्युनिष्टहरुको सरकारले पाँच वर्षसम्म दिएको म्याण्डेड पूरा गर्न सकेनन् । र अब बाँकी समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु अगाडि बढ्नुपर्छ,’ उनले भने ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि प्रधानमन्त्री ओलीले राजनीतिको मूल्य मान्यताको ख्याल गर्नुपर्ने नेता सिंहको भनाइ छ ।