काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेलाई निफ्राको जवाफ : बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै हिस्सा हो

19.01K
shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेप्सेलाई लण्डन स्टक एक्सचेन्जमा बन्ड जारी गर्न लागेको विषय सत्य भएको जवाफ दिएको छ । नेप्सेलाई एक पत्र लेख्दै पुँजी बजारमा असर पर्ने गरी कुनै बजार हल्ला नफैलाएको जनाएको हो । निफ्राले विदेशमा बन्ड जारी गर्न लागेको विषय सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बुधबार स्पष्टीकरण सोधेको थियो ।

‘नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने विषय कति सत्य हो ? भन्दै नेप्सेले निफ्रालाई सोधको स्पष्टीकरणमा भनिएको थियो ।त्यसको जवाफमा निफ्राले ‘३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै हिस्सा रहेको र बैंकले आफ्नो वार्षिक प्रतिवेदन तथा साधारण सेयर निस्कासका लागि तयार पारिएको विवरण पत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको’ जनाएको छ । त्यस्तै नेपाल स्टक एक्सचेन्जमा निफ्राको सेयर सूचीकरण हुनुअगावै बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको पनि निफ्राले जनाएको छ ।

‘यसलाई अन्तिम रुप दिन चाहिने थप सहमति तथा स्वीकृति लिँदै यथासक्य छिटो तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचीकृत गराउने गरी बैंक अघि बढेको स्पष्ट पार्दछौं,’ निफ्राले पठाएको जवाफमा भनिएको छ ।