Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

सरकार-विप्लव एकैदिन दुई चरण वार्ता, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

न्युज कारोबार काठमाडौं फागुन १९, २०७७       

सरकार-विप्लव एकैदिन दुई चरण वार्ता, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच बुधबार एकैदिन दुई चरणमा वार्ता भएको छ । केही बेरअघि दोस्रो चरणको वार्ता सकिएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा विषय केन्द्रित हुनुका साथै दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको डा. भट्टराईले बताएका छन् । यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो ।

सम्बन्धित खबरहरु