Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

थप ३३९९ पीसीआर परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि, ६२ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं फागुन १९, २०७७       

थप ३३९९ पीसीआर परीक्षण गर्दा ८७ जनामा कोरोना पुष्टि, ६२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९९ पीसीआर परीक्षण गर्दा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै थप ५६ जना संक्रमित थपिएका छन् । काठमाडौंका ३९, ललितपुरका १४ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ७६६ सक्रिय संक्रमित रहेका छन् ।

 बुधबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।

सम्बन्धित खबरहरु