गृहपृष्ठ थप ७८ जनामा कोरोना पुष्टि, ८२ जना डिस्चार्ज
थप ७८ जनामा कोरोना पुष्टि, ८२ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ।
आइतबार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ।
मन्त्रालयका अनुसार आज कोरोनाबाट थप १ जनाले ज्यान गुमाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ।
देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९६२ जना आइसोलेसनमा र ६८ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय : २२:३१ बजे



















