global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति बीस हजार(२०,०००) रूपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको हो । सानिमा बैंकले प्रत्येक 'नारी बचत खाता' बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले अस्पतालसँग यो सम्झौता पुनःनवीकरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको अस्पतालका निर्देशक शाक्यले बताए । बैंककको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु