global ime bank Long Banner Ad

गृहपृष्ठ लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ

विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित एकजनालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनार रहेका छन् । 

ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निरजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु