गृहपृष्ठ कबड्डी- ४ को प्रदर्शन आउँदो वर्षभित्रै
कबड्डी- ४ को प्रदर्शन आउँदो वर्षभित्रै
रामबाबु गुरूङद्वारा निर्देशित चलचित्र कबड्डीको चाैंथो सिरिज आउँदो वर्षभित्रै प्रदर्शन हुने भएको छ । पुरानै कलाकारको बाहुल्यता रहने कबड्डी- ४ को छायाँकन आगामी वैशाखदेखि हुनेछ । निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र निर्माणको संक्षिप्त जानकारीसहित पोस्टर सार्वजनिक गरेका छन् । उनले यस चलचित्रलाई 'फाइलन म्याच' भनेका छन् ।
यसअघि प्रदर्शनमा आएका फिल्मका तीनवटै सिरिजलाई दर्शकले रुचाएका थिए । निर्देशक गुरूङले यसअघि 'कबड्डी', 'कबड्डी कबड्डी' र 'कबड्डी कबड्डी कबड्डी' निर्माण गरेका थिए । अघिल्ला तीनै सिरिजमा दयाहाङ राई, साैगात मल्ल, बुद्धि तामाङ, विनय बरालले अभिनय गरेका थिए । तेस्रो सिरिजमा भने विल्सनविक्रम राई र उपसनासिंह ठकुरीको प्रवेश भएको थियो । पहिलो र दोस्रो सिरिजमा रिस्मा गुरूङ नायिका थिइन् ।
प्रकाशित समय : २०:१५ बजे



















