global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा फेरि बर्डफ्लु, १५ हजार कुखुरा नष्ट गरियो

काठमाडौंमा फेरि बर्डफ्लु, १५ हजार कुखुरा नष्ट गरियो

काठमाडौंमा फेरि बर्डफ्लु, १५ हजार कुखुरा नष्ट गरियो

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका- १ मा व्यावसायिक रुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पीसीआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा. दयमन्ती श्रेष्ठले जानकारी दिइन् ।

यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसंक्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताइन् ।

उनले विगत एक महिनादेखि बागमती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर  नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिइन् । महानिर्देशक डा. श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन संघ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जानकारी दिइन् । (रासस)

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु