गृहपृष्ठ महिला लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्
महिला लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।
आवेदकमध्ये ३७ हजार ५ सय जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । लघुवित्तको आईपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकले २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
मागभन्दा धेरै आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट न्यूनतम् १० कित्ताका दरले सेयर वितरण गरिएको एसबीआई क्यापिटलले जनाएको छ ।
लघुवित्तले चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिएका थिए ।
आईपीओको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने व्यवस्था गर्न सीडीएस एन्ड क्लियरिङले निर्देशन दिएको थियो । अहिले मेरो सेयर र नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको वेबसाइट भने खुलेको छैन ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
महिला लघुवित्तको आईपीओको नतिजा हेर्नुहोस्
यो पनि पढ्नुहोस्
लगानीकर्ताको डिम्याट अकाउन्ट जथाभावी बाँड्न सीडीएससीले लगायो रोक
प्रकाशित समय : १९:४० बजे



















