न्युज कारोबार
पर्वत
फागुन ११, २०७७
पर्वतको जलजला गाउँपालिका ८ खनियाँघाटमा ध. १ प ८९५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बागलुङ नगरपालिका २ का ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको हो ।
दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पु‑याएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा तीन घाइते
यसैबीच, पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग. ३ च १०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा परी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् ।
जिपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ । (रासस)
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९
न्युज कारोबार
|
फागुन १९