global ime bank Long Banner Ad

गृहपृष्ठ गुमेको नेपाली भूमि फिर्ता ल्याउन भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

गुमेको नेपाली भूमि फिर्ता ल्याउन भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

गुमेको नेपाली भूमि फिर्ता ल्याउन भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका- २, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार अपराह्न शिलान्यास गर्दै उनले  गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै  प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम सुरु हुने बताए । महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण सुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । 'पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म  केही वर्षमै रेल पनि कुद्छ,' उनले भने ।

प्रकाशित समय : ००:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु