global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल सुपर लिग फुटबल वैशाख दोस्रो साता

नेपाल सुपर लिग फुटबल वैशाख दोस्रो साता

नेपाल सुपर लिग फुटबल वैशाख दोस्रो साता

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा हुनेछ । प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु