global ime bank Long Banner Ad

गृहपृष्ठ भैरहवाको तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी अभियान

भैरहवाको तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी अभियान

भैरहवाको तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी अभियान

नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा अभियान सञ्चालन गरेको छ । सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुँयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरेर अभियान अघि बढाएका हुन् ।

यससँगै उपभोक्ताले तरकारी किनेको पैसा डिजिटल माध्यमबाट तिर्न सक्ने भएका छन् । तरकारी किन्ने उपभोक्ताले मोबाइल बैंकिङ एप वा मोबाइल वालेटबाट रकम भुक्तान गर्न सक्नेछन् ।

कार्यक्रममा निर्देशक फुँयालका साथै सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेश प्रमुख यज्ञप्रसाद शर्मा, भैरहवा शाखा प्रबन्धक लीलाप्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेश प्रबन्धक मधुजंग कार्की, बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक सहानीलगायतको उपस्थिति थियो ।

निर्देशक फुँयालले तरकारी र फलफूल पसलहरूको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । कारोबारको कुनै शुल्क पनि नलाग्ने भएकाले यसतर्फ उपभोक्ता आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र नगदरहित कारोबारलाई बढावा दिन नबिल बैंकले सन् २०२० मार्चदेखि नै क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको हो ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु