गृहपृष्ठ अप्पर खुदी आयोजनामा बैँक अफ काठमाडौँको अगुवाइमा ४ अर्ब १९ करोड लगानी
अप्पर खुदी आयोजनामा बैँक अफ काठमाडौँको अगुवाइमा ४ अर्ब १९ करोड लगानी
अप्पर खुदी जलविद्युत आयोजनामा बैँक अफ काठमाडौँ (बीओके)को अगुवाइमा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेको छ । २१.२१ मेगावाट क्षमताको आयोजनाका लागि लगानी जुटेसँगै बीओके र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।
आयोजनामा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक र एनसीसी बैंकले पनि लगानी गरेका छन् । आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ ।
सुपर खुदीले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आयोजना निर्माण गरीरहेको छ । उत्पादित बिजुली तादीकुना सबस्टेसनमा जोडिनेछ । पावर हाउसदेखि सबस्टेसनसम्म पाँच किलोमिटर लामो १३२ केभी प्रसारणलाइन कम्पनी आफैँले निर्माण गर्नेछ । ऊर्जा क्षेत्रमा बैँक अफ काठमाडौँले हालसम्म ३४ वटा परियोजनामा सहभागिता जनाइसकेको छ ।
प्रकाशित समय : १२:४७ बजे



















