गृहपृष्ठ कंगोमा इटलीका राजदूतको हत्या
कंगोमा इटलीका राजदूतको हत्या
कंगोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कंगोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुंगा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण हुँदा उनको हत्या भएको हो ।
पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अंगरक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ । सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । कंगोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ । (रासस)
प्रकाशित समय : ००:४५ बजे


















