global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्व सांसद एकनाथ रानाभाटको निधन

पूर्व सांसद एकनाथ रानाभाटको निधन

पूर्व सांसद एकनाथ रानाभाटको निधन

नेपाली कांग्रेस चितवनका महासमिति सदस्य, पूर्व सचिव एवं पूर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । सोमबार ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ । स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

नेपाली कांग्रेसले शोक वक्तव्य निकाल्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ । चितवनको रत्ननगर नगरपालिका १४ पिठुवा निवासी स्वर्गीय रानाभाट वि.सं. २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको पार्थिव शरीरलाई भोलि विहान ८ः३० देखि ९ः३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु