Nepalese Flag २०७८ असोज ७ गते बिहीबार   |   September 23, 2021

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार

न्युज कारोबार काठमाडौं फागुन १०, २०७७       

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटले कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिइरहेको छ ।

यसै ठाउँहरुको भित्री सानो-सानो ठाउँमा पनि सेवा सुविधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो । क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १००औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिलिङ, कस्टुमर सपोर्ट र मार्केटिङ गरेर २५ जना स्टाफ राखिएको छ । क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो । तर, कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तीव्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गइरहेको छ ।

कम्पनीले कस्टुमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । 'कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आएको छ भने चालू आवभित्र एफटीटीएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ । यसै महिना बाँकेको नेपालगञ्ज, झापाको दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारीले भने, 'कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केही महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आइपीटीभी ७९९ रूपैयाँ प्रति महिनामा उपलब्ध गराइरहेको छ ।' उनका अनुसार एक वर्षसम्मको कुनै पनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकलाई प्रदान गरिरहेको छ । त्यस्तै आइपीटीभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।
 

सम्बन्धित खबरहरु