global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु बैंकको २१३औं शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा

प्रभु बैंकको २१३औं शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा

प्रभु बैंकको २१३औं शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा

प्रभु बैंक लिमिटेडले आफ्नो २१३औं शाखा जुम्लाको चन्दननाथ नगरपालिका- ६ मा स्थापना गरेको छ । बैंकको सो शाखा चन्दननाथ नगरपालिकाका प्रमुख कान्तीका सेजुवालले सोमबार उद्घाटन गरेकी हुन् ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको नगर प्रमुख सेजुवालले बताइन् । बैंकको यो अभियानले देशभरी नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै उनले बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

बैंकको जुम्ला शाखाबाट सेवा उपभोग गरी सो क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै त्यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु