गृहपृष्ठ ‘संघीय शिक्षा ऐन’ ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ
‘संघीय शिक्षा ऐन’ ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको बताएका छन् । उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको भन्दै संघीय शिक्षा ऐन ल्याउन लागेको बताएका हुन् ।
सोमबा लुःनिभा बाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले कोभिड–१९को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढिरहेको बताए । उनले भने, ‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुंगो लगाएका छौं । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं । एसइईको गुणस्तर सुधार गर्न संघबाटै एसइई लिने व्यवस्था गरेका छौं ।’
समग्र सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसँग आयोजना गरेको अन्तक्रियामा उनले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘तपाईहरु राजधानीको शिक्षा, शिक्षण पद्धतीको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाको कुरा सिकेर आफ्नो क्षेत्रमा लागू गराउनुस् ।’
अहिलेको शिक्षा प्रणालीबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसकेको भन्दै सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रकाशित समय : २३:५३ बजे



















