Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

सवारी दुर्घटनामा एकको मृत्यु

न्युज कारोबार काठमाडौं असार २, २०७५       

सवारी दुर्घटनामा एकको मृत्यु

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा नजिक धरान–इटहरी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ ।

टेम्पो र बस एकापसमा जुध्दा भएको घटनामा परी थप तीनजना घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ । इटहरीबाट धरानतिर जाँदै गरेको ना ५ ख ८१७३ नम्बरको बस र विपरीत दिशातिर आउँदै गरेको को १ घ ९२०६ नम्बरकाे टेम्पो एकापसमा जुध्दा टेम्पोमा सवार घमाया दर्लामीकाे मृत्यु भएकाे हाे । उनी  धरान–१५ की निवासी हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

उक्त घटनामा गम्भीर घाइते भएका धरानकै पेम मगर, रुमबहादुर मगर र रघुकुमारी मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको छ । बस र त्यसका चालकलाई इलाका प्र्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको बताइएको छ । (रासस)

सम्बन्धित खबरहरु