global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा : महतो

शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा : महतो

शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा : महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले भने, ‘संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौं बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो ।’

मानव विकास केन्द्र नामक संस्थाको उद्घाटन समारोहलाई जनकपुरमा सम्बोधन गर्दै महतोले भने, ‘नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ ।’ उनले सरकारलार्इ बहुमतको समस्या नभएको हुँदा संविधान संशोधन गरेर मधेशी जनताले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित समय : ०१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु