गृहपृष्ठ सिटिजन्स बैंक आफ्नै भवनमा
सिटिजन्स बैंक आफ्नै भवनमा
सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर शाखा आफ्नै भवनमा सरेको छ । आइतबार विराटनगरस्थित रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा सारी कारोबार सुरु गरिएको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत वोधराज देवकोटाले शाखा कार्यालयको शुभारम्ब गरेका हुन् । देशभर फैलिएका ७४ वटा शाखा कार्यालय, ७० एटिएम तथा ९९ शाखारहित बैंकिङ् एकाईबाट सेवा प्रवाह गर्दै आएको छ ।
सिटिजन्स बैंकका विराटनगर शाखाका प्रवन्धक सुमन निरौलाले आफ्नै भवनबाट छिटो, छरितो र चुस्त, दुरुस्त सेवा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनले औद्योगिक नगरी विराटनगरमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा सम्भावना रहेको भन्दै नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने उल्लेख गरे ।
प्रकाशित समय : २०:४७ बजे




















