global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सभामुखद्वारा मन्त्रीकाे ध्यानाकर्षण

सभामुखद्वारा मन्त्रीकाे ध्यानाकर्षण

सभामुखद्वारा मन्त्रीकाे ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । उनले संसद बैठकमा सम्बन्धित मन्त्रीको उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि छलफल चलिरहँदा संसदमा विषयगत मन्त्रीहरु उपस्थित भएका थिएनन् । सोही विषयलाई लिएर विरोध भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

संसद बैठक सुरु हुने वित्तिकै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले यसको विरोध गर्दै बोलेपछि नेपाली कांग्रेसका सांसदहरुले अबराेध गरेका थिए । सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्यता नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगन गरेका थिए ।

 बाध्यता होइन, कर्तव्य हो : भट्टराई्

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले संसदमा मन्त्रीहरुको उपस्थिति वाध्यता नभई कर्तव्य भएको बताएका छन् । सांसद भट्टराइले यो विषयप्रति मन्त्रीहरुले आँफै ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ‘संसदलाई संसदीय व्यवस्थाको मुटु मानिन्छ जहाँ मन्त्रीको उपस्थिति वाध्यता होइन उत्तरदायित्व र कर्तव्यका रुपमा मन्त्रीजीहरुले बुझ्नु पर्दछ ।’ नेता भट्टराइले भने, ‘यसलाई प्रतिपक्षीहरुको नियमापत्ति पर्खेर बस्नु उचित होइन । ध्यान जाओस् ।’

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु