global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसदमा सवालजवाफ गर्न पाउनुपर्ने बताएका छन् ।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए । प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।

संसदमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दै रिजालले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका थिए ।

(रासस)

प्रकाशित समय : २१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु