गृहपृष्ठ काठमाडौंमा बैंकिङ ट्रेनिङ हुँदै
काठमाडौंमा बैंकिङ ट्रेनिङ हुँदै
नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बिएमटिआई) ले महिनाको २ पटक बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । व्यवस्थान अध्ययन गरेका विद्यार्थीको माग बढेपछि यस्तो ट्रेनिङ सञ्चालन गर्न लागिएको उसले जनाएको छ ।
दिइएको जानकारी अनुसार ५ दिनसम्म चल्ने ट्रेनिङ प्रत्येक महिनाको ५ र १७ गते सुरु हुनेछ । उक्त ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका अनुभवि व्यक्तिहरुले प्रशिक्षण दिने जनाइएको छ ।
अहिले धेरै बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गरिहेका छन् । जसका कारण बैंकिङ क्षेत्रमा रोजगारीका अवसरहरुमा भएको वृद्धिसँगै कर्मचारीको माग पनि बढ्दोछ । त्यसैले यससम्बन्धी विषय अध्ययन गरेका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले यस्तो ट्रेनिङ सञ्चालन गर्न लागेको बताइएको छ ।
उक्त ट्रेनिङका लागि ३ हजार पाँच सय रुपैया शुल्क निर्धारण गरिएको छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहानेहरुका लागि ट्रेनिङ फलदायी हुने विश्वास बिएमटिआईले राखेको छ ।
प्रकाशित समय : १८:५९ बजे




















